Logo Of Ncell Nepal Premier League Video :-




काठमाण्डौ - दुरसंचार प्रदायक कम्पनी एनसेलले नेपाली क्रिकेटको बिकास गर्ने हेतुले नेपाल प्रीमीयर लीग (एनपिएल) गर्ने भएको छ। क्यान प्रतिनीधी, खेलाडी, कोच र एनसेल प्रतीनीधी बिचको सैदान्तीक सहमती अनुसार हाल छ वटा टिम रहने सो प्रतीयोगीता हाल सम्म कै उच्च धनराशीको हुने बताइएको छ। जसमा प्रत्येक टिमले हाललाई अधीकतम दुई जना सम्म बिदेशी खेलाडी राख्न सक्ने छन्। उक्त खेल आँउदो बैशाखमा हुनेछ। हाललाई नाम छुट्याइ नसकिएको टिमका लागी छ जना क्याप्टेनको टुंगो भने लागेको छ। ''नेपाल कै उत्कृष्ट नेट्वर्कको साथ नेपालको उत्कृष्ट खेललाई दिने हाम्रो प्रयास हो'', एनसेल कि कर्पोरेट म्यानेजर सज्जु कोइराला ले भनिन् ,'' यस बारेमा छिट्टै सम्झौता हुनेछ।'' हाल टी २० बिश्वकपको अन्तीम चरणको तयारीमा जुटेको नेपाली क्रिकेट टिमको निम्ती यो एउटा सुनौलो उपहारको रुपमा रहने देखीएको छ। हाल गिर्दो रुपमा रहेको क्षेत्रीय संरचनाको क्रिकेट खेलमा नयाँ आयम छाउने अवसरको रुपमा आएको यस खबरले सबै तिर सनसनी फैलाएको छ। 




एनसेल नेपाल प्रिमियर लिगमा सहभागी हुने ६ टिम र क्याप्टेनहरु :- 

१. तेज , पन्चकन्या समुह  (कप्तान :शरद भेसावकर) 
२. कलर्स एक्स फ्याक्टर्स , टेलीटक प्रा.लि. (कप्तान : ज्ञानेन्द्र मल्ल) 
३. बिशाल ग्रुप वारियर्स , बिशाल समुह (कप्तान : पारस खड्का) 
४. कान्तिपुर गोर्खाज , कान्तिपुर पब्लिकेसन (कप्तान : बसन्त रेग्मी) 
५. जगदम्बा जायन्टस , शंकर समूह  (कप्तान : शक्ति गौचन) 
६. सगरमाथा लेजेन्ड्स ,  घोराही सिमेन्ट (कप्तान बिनोद भण्डारी) 

खेलका प्रकारहरु :-

१. टी २० खेल पहिलो पुरस्कार: दुई लाख रुपयाँ  दोस्रो पुरस्कार:  एक लाख रुपयाँ 
२. एक दिवसीय खेल पहिलो पुरस्कार : दुई लाख रुपयाँ दोस्रो पुरस्कार : एक लाख रुपयाँ 
३. दुई दिवसीय खेल पहिलो पुरस्कार: एक लाख पचास हजार रुपया दोस्रो पुरस्कार : पचहत्तर हजार रुपया - 

0 comments:

Post a Comment

 
Top